logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ


अंकुरण खबर
1.456K
Shares

आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।