logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालेन शाहको बिजय जुलुस जारी, भन्छन– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु


अंकुरण खबर
949
Shares

काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी रयाली सुरु गरेका छन ।

राष्ट्रियसभावाट सुरु भएको बिजय रयालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा  एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन ।

बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । बिजय रयाली जारी छ । तीनकुनेमा  पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन ।