logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चितवनमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकाले


अंकुरण खबर
2.223K
Shares

चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् ।

खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ।

कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले जानकारी दिए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए ।