logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कृषिमा जलवायुको असर


अंकुरण खबर
975
Shares

जलवायु परिवर्तनको असरले नयानयाँ रोग किराको प्रकोप देखिएको र त्यसको प्रभाव कृषि उत्पादनमा परेको छ ।

किसानलाई जलवायु परिवर्तनका कारण कृषिमा परेको प्रभावबारे जानकारी गराउन विज्ञले जोड दिएका छन्।

कृषि बालीमा कतै उत्पादन घट्ने, कतै बढ्नेजस्ता असर देखिएको जानकारी विज्ञले दिएका छन्।

लागतअनुसार उत्पादन नभइरहेको अवस्थामा किसानलाई यसबारे पर्याप्त सूचना र जानकारी दिन स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जलवायु विज्ञ मञ्जित ढकालले बताए।

शुक्रबार सामुदायिक सूचना नेटवर्क ९सीआईएन०को १३औं वार्षिक उत्सवका अवसरमा ‘जलवायु परिवर्तन र कृषि’ विषयक कार्यक्रममा यस्तो बताएका हुन्।