logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता


अंकुरण खबर
1.924K
Shares

मध्यनेपाल नगरपालिका वडा नम्वर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरघरमै पुराउने प्रतिवद्धता जनाएका हुन् ।

वडा अध्यक्ष भण्डारीले एक विज्ञप्ति जारी गर्दै सरकारले जेष्ठ नागरिक, एकल महिला एवं अपांगता भएका व्यक्तिलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने उल्लेख गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुँदै आएकोमा नगरपालिका र सम्वन्धित बैकसँग समन्वय गरी गाउँमै शिविर आयोजना गर्ने र अशक्त असाह्यहरुका लागि घरमै पुराउने व्यवस्था गर्ने उनले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणबाहेक वडा अध्यक्ष भण्डारीले अबको कार्यकालमा स्थानीयबासीको चाहाना र आवश्यकताबमोजिम राजनैतिक, सामाजिक र आर्थिक उपलव्धीलाई संस्थागन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।