logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक वर्षभित्रै ताप्लीमा बिजुली बाल्ने नवनिर्वाचित अध्यक्षको घोषणा


अंकुरण खबर
1.196K
Shares

उदयपुरको सबैभन्दा दुर्गम गाउँपालिकाको रुपमा चिनिने ताप्ली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ढुंगराज विकले एक वर्षभित्रै ताप्लीको सबै ठाउँमा बिजुली पु¥याउने घोषणा गरेका छन् । शनिवारका कार्यभार सम्हाल्दै उनले यस्तो बताएका हुन् ।

यस गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विक र नेपाली कांग्रेसबाट उपाध्यक्षमा धनम मगर निर्वाचित भएका छन् । नवनिर्वाति अन्य जनप्रतिनिधिले पाँच वर्षभित्र असक्त, अपांगता भएका, एकल महिला, दलित समुदायको स्वास्थ्य बिमा गरिसक्ने उद्घोष गरेको छ ।

उनीहरूले जेहेन्दार विद्यार्थीलाई एमबीबीएस, इन्जिनियरिङ अध्ययानको लागि वार्षिक १० लाखका दरले पाँच बर्षमा ५० लाख रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको बताए । सामाजिक सुरक्षा भत्ता वडा र घर घरसम्म पु¥याउने, सबै सेवा वडाबाटै दिनसक्ने व्यवस्था मिलाउने योजना रहेको बताए ।

संञ्चार पहुचबाट समेत पछि रहेको पालिकाको सबै क्षेत्रमा फोन र इन्टरनेट चल्दैन । यो समस्या पनि चाडै हल गर्ने उनीहरूको भनाइ छ ।