logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कक्षा १२ को परीक्षा आजबाट सुरु


अंकुरण खबर
1.807K
Shares

कक्षा १२ को परीक्षा आजबाट शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो ।

बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

परीक्षा शुरू हुनु करिब आधा घण्टाअघि प्रश्नपत्र पठाइनेछ ।