सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
सरकारी कर्मचारीहरुको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।
सरकारी कर्मचारीले तलबसहित महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपैयाँ मासिक भत्ता पाउने छन् ।
निजामती कर्मचारीले साउन १ देखि सोही आधारमा तलब पाउनेछन् ।