logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुटर चोरी गरेको अभियोगमा दुई पक्राउ


अंकुरण खबर
845
Shares

काठमाडौं – प्रहरीले गोकर्णेश्वर नगरपालिका–५ कृष्ण मन्दिर नजिक पार्किङ गरी राखेको स्कुटर चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने अमर कुँवर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाबाचोक बस्ने निशान बिसुंखे रहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

चाबहिल बस्ने अम्मर बहादुर रोकाको बा ५९ प ४६५९ नम्बरको स्कुटर पार्किङ गरी राखेको ठाउँबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले स्कुटरको खोजी गर्ने क्रममा सोही ठाउँबाट  उनीहरुलाई सोमबार दिउँसो स्कुटर सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।