logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु


अंकुरण खबर
2.86K
Shares

चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरूष रहेका छन् ।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।

नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।