आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाको शवको पोस्टमार्टम भएको छ ।
विमान दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुईजना जर्मन नागरिकको शव दुई चरणमा काठमाडौं ल्याइएको थियो ।
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई हस्तान्तरण गरिने छ ।