एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि-१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् ।
त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।