logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएकाे छः अधिकारी


अंकुरण खबर
1.287K
Shares

एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै यस्तो भनेका हुन् ।

२० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो ? स्पष्ट नभएको बताउँदै उनले यो देखावटीका लागि गरिएको दाबी गरे ।

‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भने । बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उनको भनाइ छ ।

उनले अहिले सेयर बजार राताम्मे भएको बताए । समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो । स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको उनले बताए । शिक्षा र स्वास्थ्यमा बजेट घटाइएकाे भन्दै उनले आपत्ति जनाए ।