logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिविमा फेरि तालाबन्दी


अंकुरण खबर
1.3K
Shares

त्रिभुवन विश्वविद्यालयमा ताला फोडेको २४ घण्टा बित्न नपाउँदै बिहीबार बिहान नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फेरि तालाबन्दी गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षको ताला फोडेको २४ घण्टाभित्रै नेविसंघले तालाबन्दी गरेका हुन।

माघ ७ गतेदेखि निरन्तर नेविसंघले पदाधिकारीको बर्खास्तीलगायत विभिन्न माग राखेर  तालाबन्दी गर्दै आएको छ ।

त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पुनः पदाधिकारीको कार्यालयको मूलगेटमा तालाबन्दी गरेका छन ।