logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरको जंगलमा धुँवाको ठूलो मुस्लो देखियो, विमान दुर्घटनाको आशंका


अंकुरण खबर
2.405K
Shares

काठमाडौं – मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार बिहान आगोको मुस्लो देखिएको छ ।

बकैया गाउँपालिका–१२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँको जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् ।

आगोको मुस्लो देखिएपछि कतिपयले हेलिकोप्टर दुर्घटना भएको अनुमान गरेका छन् । मुस्लो देखिएको स्थानमा हेलिकोष्टर खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडिसकेको बताइएको छ ।

यता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको बताए ।