काठमाडौं – समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएको छ ।
बुधबार बसेको समाजवादी पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मंगलबार मात्र समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी सो पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का मन्त्री मोहमद इस्तियाक राईले राजीनामा बुझाएका थिए ।
प्रतिनिधि सभामा समाजवादी पार्टीका १७ जना सांसद छन्, दुई तिहाइका लागि १८४ जना सांसद आवश्यक पर्नेमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १७४ सांसद छन् ।
समाजवादीले समर्थन फिर्ता लिएपछि ओली सरकार बहुमत प्राप्त सरकारमा परिणत भएको छ ।