logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु


अंकुरण खबर
390
Shares

भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धार्चे-३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो ।

भीरबाट खसेको ढुंगा लागेर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले बताए ।