काठमाडौं – बल्खुचोकमा आज बिद्युत प्राधिकरणको गाडीको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा दैलेखको भैरबी गाउँपालिका-५ स्थायी ठेगाना भएका १७ वर्षीय तुफान थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज मध्यान्ह १२ बजे बिद्युत प्राधिकरणको बा १ ञ २३९१ नम्बरको गाडीले उनलाई ठक्कर दिएको हो । घाइते थापालाई उपचारका लागि बयोधा अस्पताल लगिएको छ ।
ठक्कर दिने गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुले नियन्त्रणमा लिएको छ ।