logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक : प्रधानमन्त्री


अंकुरण खबर
1.495K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको वताउनु भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागि हुनु भएका प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नु पर्ने वताउनु भएको हो ।

‘राजनीतिक संक्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं । सामाजिक न्याय सहितको समानता, विकास र सुशासन हाम्रो संकल्प हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समृद्ध नेपाल सुखीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल उपस्थित कार्यक्रममा ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।