logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्व बैंकबाट सवावेशी विकासको लागि १२ अर्ब ऋण लिइने


अंकुरण खबर
1.131K
Shares

सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १०० मिलियन अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिंदै गृहमन्त्री बालकृष्ण खाणले बताउ ।