logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमा गृहमन्त्री खाँणको राजीनामा मागियो


अंकुरण खबर
1.105K
Shares

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् ।

‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् ।

रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ ।’