logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनाङ ‘ए डिभिजन’ को शिर्ष स्थानमा


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीले अपराजित यात्रा कायमै राखेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शुन्य गोल अन्तरले हराएर लगातार तेस्रो जित निकालेको हो ।

मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औं मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए ।

जितसंगै ९ अंक बटुलेर मनाङ लिग तालिकाको पहिलो स्थानमा रहेको छ ।