logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

काजकिस्तानमा विमान दुर्घटना, ७ जनाको मृत्यु


अंकुरण खबर
1.469K
Shares

काजकिस्तानमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । विमान एक घरमा ठोकिएपछि दुर्घटना भएको हो ।

शुक्रवार बिहान कजकिस्तानमा १०० जना मानिस सवार विमान दुर्घटनामा परेको र ७ जनाको घटनास्लमै मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार बेक एअरको विमान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

विमान देशको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो। अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।