logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समितिको बैठक : सहमति नजुटे आज पनि पौडेल पक्षले बैठक बहिष्कार गर्ने


अंकुरण खबर
1.365K
Shares

काठमाडौं – कांग्रेस केन्द्रिय समितिको बैठक आज दिउँसो एक बजे पार्टी कार्यलय सानेपामा बस्ने भएको छ ।

संस्थापन र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रिय समितिको बैठक हिजोका लागि निर्धारण गरिएको भएपनि बैठक आज बस्ने भएको हो ।

सहमति जुट्न नसकेपछि केन्द्रिय समिति बैठक चारपटकसम्म स्थगित भैसकेको छ । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेका ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आएको छ ।

सभापति देउवाले आफुखुशी विभाग गठन, भातृ संस्थाको नेतृत्व लिन खोजेको भन्दै अन्य नेतादले महाधिवेशन कार्ययोजना माग गर्दै आएका छन । केही विषयमा सहमति भएपनि विभाग गठन, नेविसंघको भागवण्डा लगायतका दुबै समूहविच कुरा मिल्न सकेको छैन ।

आज पनि सहमती नजुटे पौडेल पक्षले बैठक बहिष्कार गर्ने भएको छ ।