logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पीपीएल क्रिकेट : उपाधिका लागि आज चितवन र विराटनगर भिड्दै


अंकुरण खबर
2.535K
Shares

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पारस खड्काको नेतृत्वमा रहेको चितवन र प्रदिप ऐरीको नेतृत्वमा रहेको विराटनगरबीच पोखरा मैदानमा बिहान साढे ११ बजे फाइनल खेल हुन लागेको हो ।

पहिलो संस्करणमा उपविजेतामा सीमित चितवन र गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली पीपीएलको पहिलो उपाधिको खोजीको लक्ष्यमा मैदानमा उत्रिँदैछन् ।

लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो ।

चितवनले जारी प्रतियोगितामा शत प्रतिशत नतिजाका साथ फाइनल पुगेको हो भने विराटनगरले फाइनलमा पुग्न एलिमिनेटर राउण्ड पार गर्नु परेको थियो ।

पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल प्राप्त गर्ने छन् ।