logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नदीमा खस्दा किशाेरीकाे मृत्यु


अंकुरण खबर
1.482K
Shares

बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशाेरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउदैँ गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले  निकालेका थिए । एक साता अगाडि  एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको  जिवितै उद्धार हुन नसकेकाे स्थानीय शिक्षक पदम साउदले बताए ।

गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ ।