आज देशका विभिन्न स्थानमा हल्लादेखि भारी वर्षाको संभावना रहेको छ ।
हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलीको मौसम यस्तो रहने पूर्वानुमान छ ।
शनिबार :
शनिबार(आज) दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती पनि मौसम यस्तै रहने छ । एक-दुई स्थानमा भारी वर्षा र बाढी पहिरोको संभावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
आइतबार :
महाशाकखाका अनुसार आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार रातीको मौसम पनि यस्तैने रहने छ ।