logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरको नीति तथा कार्यक्रम आज आउँदै, काँग्रेस,एमाले, नेकपा एसको घोषणापत्र पनि समेट्ने


अंकुरण खबर
403
Shares

काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

आइतबार राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाले तयारी गरेको छ ।

अहिलेको नीति तथा कार्यक्रममा प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ । महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।

अहिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसिरहेको छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने छ ।

महानगरका मेयर बालेन्द्र शाह निर्वार्चित भएपछि पहिलो पटक आज नीति तथा कार्यक्रम सार्वजानिक गर्न लागेका हुन् ।