logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एन्फाको निर्वाचन आज, कर्माछिरिङ र पंकजको टीम कस्ले मार्ला बाजी ?


अंकुरण खबर
1.976K
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज निर्वाचन हुँदैछ ।

आगामी चार वर्षे कार्यकालका लागि एन्फामा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलको टीम चुनावी प्रतिस्पर्धामा छन् ।

बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनमा साझसम्म नजिता आउने जनाइएको छ । चुनावी साधारणसभा बिहान नौ बजे सुरु हुनेछ । नयाँ कार्यसमितिसंगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ ।

चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।

जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।