logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

टिपरको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु


अंकुरण खबर
1.105K
Shares

काठमाडौँ महानगरपालिका–३ चप्पल कारखाना नजिकै ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गए राति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि।वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतकको सनाखत हुन बाँकी छ । टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।