फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँको दलले संसदमा बहुमत गुमाउने भएका छन् ।
दुई महिनाअघि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित माक्रोँको दल आबद्ध गठबन्धनले तल्लो सदनका लागि भएको निर्वाचनमा बुहमत गुमाउने देखिएको हो ।
उनले बहुमतका लागि आह्वान गरे पनि मध्यमार्गी गठबन्धनले दर्जनौं सिट गुमाएको छ । वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्रान्सको तल्लो संसदमा स्पष्ट बहुमत हासिल गर्न २८९ सिट आवश्यक पर्छ । तर माक्रोँको दल सम्मिलित गठबन्धनले मात्रै २४५ सिट ल्याउने देखिएको छ।
माक्रोँको दलले अघिल्लो संसदको निर्वाचनमा ३०० भन्दा बढी सिटमा जित हासिल गरेको थियो । गत अप्रिलमा सम्पन्न राष्ट्रपति चुनावमा पनि उनी पेनलाई पराजित गर्दै विजयी भएका थिए ।
तर यसपटक उनको दल र गठबन्धनलाई जनताले कम मत दिएका छन् ।
मेलन्सनको गठबन्धनले १५७ देखि १६३ सिट जित्ने प्रक्षेपण भइरहँदा अति दक्षिणपन्थी नेशनल र्याली पार्टीले ८५ देखि ९० पुर्याउने अनुमान गरिएको छ । नेशनल र्याली पार्टीले यसअघि ८ सिट मात्रै जितेको थियो ।
यो परिणामबाट माक्रोँनले मन्त्रिपरिषदका केही सदस्य गुमाउने अवस्था बनेको छ ।
फ्रान्सको राजनीति ध्रुवीकृत भएको छ र अब सुधारका निर्णय गर्न संसदको गणितका कारण माक्रोँले संघर्ष गर्नुपर्ने छ ।
फ्रान्सको राष्ट्रपति एलिजाबेट बोर्नले आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताएकी छन् ।