logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नो जस्तै अडान अरुको भएको भए लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भैसक्थो : केपी शर्मा ओली


अंकुरण खबर
1.664K
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अपराध नभएको स्पष्ट पारेका छन् ।

मंगलबार पूर्वराजदूतको समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धि पछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अपराध नभएको प्रष्ट पारेका हुन्।

छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने ओलीको जीकिर थियो ।

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरुको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटकपटक राखेको पनि स्मरण गराए।

यो हाम्रो भूभाग चाँही हामीलाई फिर्ता चाहियो भन्ने कुरा कुनै नराम्रो कुरा नभएको र यसले सम्बन्ध पजि नबिगार्ने उनको दाबी थियो ।