logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय २५ रुपैयाँ ७२ पैसा


अंकुरण खबर
871
Shares

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।