logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्यविनायक नगरपालिकामा १ अर्व ९२ करोड १८ लाख ७७ हजारको बजेट प्रस्तुत, नगरको डाटा बैंकको स्थापनादेखि नगरबासीलाई ऋण दिनेसम्मका योजना


अंकुरण खबर
962
Shares

सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७९/८०को लागि रु. १ अर्ब ९२ करोड १८ लाख ७७ हजार विनियोजन गरेको छ ।

शुक्रबार नगर उप-प्रमुख सरिता तिम्सिना भट्टराईले प्रस्तुत गरे अनुसार कुल विनियोजन मध्य चालू तर्फ विषय क्षेत्रगत समिति र शाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न रु. २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा भक्ता तर्फ रु. १६ करोड, सर्शत कार्यक्रम संचालन गर्न रु. २६ करोड ६७ लाख ८४ हजार रहेको छ ।

चालू खर्च तर्फ रु. २५ करोड २५ लाख र पूजिँगत कार्यक्रम तर्फ रु. ९९ करोड ४३ लाख ५८ हजार हजार विनियोजन गरेको छ ।

त्यस्तै बजेटमा नगरपालिकाको आधिकारिक सुचना, गतिविधि, सुचना बैंक, नगरको डाटा बैकको स्थापना गरिने, पर्यटन व्यावसाय गर्ने नगरबासीलाई विशेष छुटमा ऋण प्रदान गर्ने, नगरपालिका र सहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लगायतका विषय प्राथमिकतामा परेका छन् ।