logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट काठमाडौंमा वृद्धाको मृत्यु


अंकुरण खबर
1.053K
Shares

काठमाडौंको मिनभवनमा शनिबार राति भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको सवारी साधनले बाटो पार गर्दै गरेकी अन्दाजी ७० बर्षीया वृद्धालाई ठक्करबाट गम्भीर घाइते भएकी उनको मिनभवन स्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

केही सवारी साधनलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको छ ।