नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरबारे पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न सरकारसंग माग गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अन्य पार्टीले बाधा गर्न नहुने भन्दै तत्काल कार्यान्वयन गर्न सरकारसंग माग गरेको हो । बैठक पछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताएका छन्।
उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्री या कुनै पनि नेतालाई नभएको उनको भनाई थियो ।
मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए। उनीहरुले मन्त्रिपरिषद्मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए ।
आजको बैठकमा असन्तुष्ट मन्त्रीहरू अनुपस्थित रहेका थिए ।