logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

घट्यो सार्वजाजिक यातयातको भाडा, आजैदेखि लागु हुने


अंकुरण खबर
1.092K
Shares

सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणाली अनुसार घटाएको हो ।इन्धनको मूल्य ५ प्रतिशत भन्दा बढीले घटेकाले मूल्य समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

यसअघिको डिजेलको मूल्य १९२ रहेकोमा शनिबार २९ रुपैयाँ घटेको र हाल बजारको मूल्य प्रतिलिटर १६३ काम भएकोले सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा १५ दशमलव १० घटी भएकोले मूल्य घटाइएको विभागले जनाएको छ।

घटाइएको मूल्य आइतबार आजैदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन भएको मन्त्रालयले जनाएको छ।

यसअघि असार ३ गते भाडा समायोजन गरेको विभागले न्यूनतम ५.३० प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतले भाडा बढाएको थियो ।