logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला ‘निलम्बित’


अंकुरण खबर
1.287K
Shares

घुस प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन्।

न्यायपरिषद् बैठकले छानबिन समिति बनाएर उनलाई निलम्बित गरेको हो। न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर घुस बार्गेनिङ भएको अडियो बाहिरिएको थियो।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको थियो। ‘न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको छ,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।

छानबिन समितिमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन्।