logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषध ओसार-पसारमा संलग्न चार जना पक्राउ


अंकुरण खबर
715
Shares

प्रहरीले सप्तरी र सिराहा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसार-पसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई सप्तरीको बोदेबर्साइन, लहान नगरपालिका, सिराहको बरियापट्टि लगायतका स्थानबाट लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ वाई ८४५० नम्बरको मोटरसाइकलमा सवार बोदेबर्साइन वडा नं. १० खडकपुर बस्ने २५ वर्षिय प्रेम कुमार मण्डल सिम्राहाबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डलको हेलमेटबाट निरटाभेट ट्याबलेट ७ पिस फेला पारेको हाे।

यस्तै, बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ७१५३ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षिय उदय नारायण चौधरीलाई ठूलो परिमाणकाे लागुऔषधसहित पक्राउ गरेको थियो ।

चौधरीको साथबाट लागुऔषध फेनारगन २ सय ५४ पिस, डाइजील्याप २ सय ५५ पिस र नोफिन २ सय ५२ पिस बरामद गरिएको छ ।

यस्तै शुक्रबार साँझ पनि सिरहाकाे प्रहरी टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट २६ वर्षीय मुहम्मद एमामुदिन र १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स ५ प ५०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७ सय २० पिस फेला परेको थियो ।

पछिल्लो केही समय यतादेखी सप्तरी र सिरहा जिल्ला लागुऔषध ओसार-पसारको केन्द्रबिन्दु बन्दै गएको छ ।