logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

वामदेव गौतमको ओलीलाई प्रस्ताव, वाम गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लडौं


अंकुरण खबर
780
Shares

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम्युनिष्ट शक्तिहरुको तालमेलको प्रस्ताव गरेका छन्।

अभियानका संयोजक गौतमले बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा आसन्न दुवै तहको निर्वाचनमा कम्युनिष्ट शक्तिहरु मिलेर लडनुपर्ने प्रस्ताव गरेका हुन्।

भेटमा गौतमले कम्युनिष्टहरुको जितका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव ओलीलाई राखेका थिए ।

गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत निर्वाचनमा वाम गठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाएका थिए।

गौतमले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा लागि पर्ने धारणा राखे। अध्यक्ष ओलीले वाम गठबन्धनमा आफू समेत सकरात्मक रहेको तर प्रचण्ड र नेपाल सुध्रेर आउनुपर्ने जवाफ गौतमलाई दिएका थिए ।