बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने लगाएतका विषयमा छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ५ बजे बैठक बोलाइएको हो । बैठकमा उक्त दुई प्रदेशको मुख्यमन्त्री हेरफेरको विषय, वर्तमान राजनीतिक गतिविधि र चुनावको तयारीका विषयमा छलफल हुने एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए।
जनता समाजवादी पार्टीमा अहिले अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षधरबीच असमझदारी बढेर पार्टी विभाजनको अवस्थामा पुगेको विषयमा पनि छलफल केन्द्रित हुनेछ।
समझदारीमै भट्टराई र यादव छुटेपछि जसपाले सरकारमा रहेका आफ्ना केही मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ।