अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुर समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जलेश्वर नगरपालिका-१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको इन्सपेक्टर हुँ भन्दै नगद माग गरेका थिए ।
उनले २ हजार २ सय भारतीय रूपैयाँ र १ हजार नेपाली रूपैया लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीले रवि सहित ३ जनालाई २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।