logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

निजगढ विमानस्थल देश परिवर्तनको संवाहक, छिटो सम्पन्न गर्नुपर्छ : सत्तारुढ दलका शीर्ष नेता


अंकुरण खबर
1.235K
Shares

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले निर्माणधीन बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै छिटो सम्पन्न गर्नुपर्ने बताएका छन् ।

निर्माणधीन विमानस्थलको अवलोकनपछि शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा विश्वस्त हुन आग्रह गरेका छन्। निरीक्षणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त स्थान भएको दाबी गरे। विधि र प्रक्रिया पूरा गरेर हालकै निर्माणधीन विमानस्थललाई पूर्णता दिइने उनको भनाइ छ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले निवगढ विमानस्थल निर्माणको कार्यलाई ढिला गर्न नहुने बताए। उनले भने, ‘यो विमानस्थल समयमै निर्माण सुरु नगरे करोडौं लगानी अलपत्र पर्छ। यतिमात्र होइन, फास्ट ट्रयाकको औचित्य पनि पुष्टि हुँदैन। त्यसैले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्छ।’ उनले निजगढ विमानस्थल निर्माणका लागि सरकारले देखाएको चासोप्रति आफू सकारात्मक भएको उल्लेख गरे।

अवलोकनमै गएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणको कार्यलाई भने रोक नलगाएको बताए।

फैसलाको पूर्ण पाठअनुसार वातावरण र पूर्वाधार विकाबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने उनको भनाइ छ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निजगढ विमानस्थल निर्माणका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए । पाँच–५ दशकपछिको अवस्थालाई मध्यनजर गरेर विमानस्थल निर्माणको कार्य अघि बढाउनुपर्ने उनको भनाइ छ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठले उक्त स्थानमा विमानस्थल बन्न रोक लगाएको छ। यस विषयमा चौतर्फी आलोचना भइरहेको छ। यसअघि नै करोडौं लगानी खर्चिएको आयोजनामा सर्वोच्चले रोक लगाएपछि सरकारमा साझेदारी गरिरहेका दलका शीर्ष नेताहरु शनिबार अवलोकनका लागि गएका हुन्।