नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कृषि क्षेत्रको उत्थान गर्न नसक्ने दाबी गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को रोस्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरे पनि मल ल्याउनका लागि कुनै प्रबन्ध गर्न नसकेको आरोप लगाए ।
उनले सरकारलाई प्रश्न गर्दै भने, ‘कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? हामीले सरकार छोडेको मात्रै हिसाव गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश। ६० प्रतिशत जनता कृषिमा संलग्न छन्। यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँटहरु छन्। जहाँको जनसंख्या ३ करोडभन्दा कम छ। त्यस्तो देशमा किन हामी खाद्यन्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्वको आयात गर्छौ चामल मात्रै।’
उनले हरेक वर्ष किसानलाई मल आपूर्ति नहुने र बाली लगाउने बेला मात्रै सबैको चासो किन हुने भन्दै प्रश्न गरे।