logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

एमालेको सचिवालय बैठक बस्दै, चुनावको तयारी र वर्तमान राष्ट्रिय राजनीतिबारे छलफल हुने


अंकुरण खबर
1.469K
Shares

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

बैठक आइतबार(आज) बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।

आजको सचिवालय बैठकका आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र वर्तमान राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।

एमालेले केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात जना सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय तय गरेको छ।

आजको बैठकको तयारीको लागि शनिबार(हिजो) केन्द्रीय कार्यालयको बैठक बसी एजेण्डा तय गरेको थियो।