logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च


अंकुरण खबर
1.261K
Shares

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम छ। यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा पुगेको थियो। आइतबार युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ९० पैसा र बिक्रीमा १३२ रुपैयाँ ५२ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १४ पैसा पाइन्छ। आइतबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७९ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आज २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ०७ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३६ रुपैयाँ २७ पैसा कामय गरिएको छ।