logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सुरू भयो माओवादी केन्द्रीय कमिटी बैठक, टुंगो लाग्ला पदाधिकारी ?


अंकुरण खबर
793
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा सुरू भएको छ ।

पार्टीको पदाधिकारी चयान, स्थायी कमिटी र पोलिटब्यूरो गठन लगाएत चुनावी समिक्षा र वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची भएकाले बैठकलाई महत्वका साथ हेरिएको छ ।

माओवादीको महाधिवेशनपश्चात प्रचण्ड अध्यक्ष निर्वाचित भएका थिए भने हलबाट केन्द्रीय कमिटीको घोषणा गरिएको थियो । तर, पार्टीको उच्च नेतृत्वका रूपमा रहेका स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको अहिलेसम्म गठन हुन सकेको छैन ।

माओवादीमा खासगरि महासचिव को बन्ने भन्ने विवाद छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा बलिया आकांक्षी हुन् । दुवै आफूनिकट नेता भएकाले अध्यक्ष प्रचण्ड सकसमा परिरहेका छन् । यस अर्थ पनि अझै पार्टीले कमिटिले पूर्णता नपाएको हो ।