logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, थप सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल


अंकुरण खबर
1.157K
Shares

गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन् ।

गृह मन्त्रालयमा आज बिहान भएको भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरूप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गरेका थिए । त्यस्तै दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ बनाउने कुरा भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए।

राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताएका थिए ।