logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बढ्न थाल्यो भारत कोरोना संक्रमण, एकै दिन थपिए १६ हजार बढी संक्रमित


अंकुरण खबर
1.677K
Shares

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन्।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणका कारण २४ को मृत्यु भएको छ। कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भएको छ।

हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित रहेका छन्। गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा भएको छ।

पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ। यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड १० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।