logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
1.066K
Shares

अहिले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भाग र गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायम छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेने छ ।

मंगलबार (आज)

आज (मंगलबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

बुधबार(भोली)
भोलि बुधबार देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

वर्षाका कारण बाढी पहिरो, भूक्ष्यको जोखिम रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।